म अहिले घरमा छु। लगभग दुई दिनको रेल यात्रा गरेर आइपुगयो। चंदिगढ़ बाट २६ मई राति ११:०० वजे हिनेको म विहान १:०० आम्वाला केंट रेल्वे स्टेशन पुगियो। हाम्रो रेल विहानको ५:१५ वजे भएपनि रेल एक घण्टा ढिला आयो। निन्द्र्ले थकित भएकोले रेल भीत्र पस्न साथ सुतिहालेउ। रेलको यात्रा आरामदयाक नै हुन्छ। रेल आफ्नो गतिमा चल्छ, आफुलाई भित्र आराम हुने। स्टेशन-स्टेशनमा रोक्छ, यसो बाहिरको रमिता हेरो अनि आनन्द लियो। म चढेको रेल आम्वाला, मोरोदावाद, गोरखपुर, हजिपुर हुदै कटिहार आइपुयो। इण्डियाको रेल यात्रा गर्दाको नरमाइलो पक्क्ष भनेको "कहिले ढुक्क हुन सकिएन" यसको मतलब कतै आफ्नो सामान हराउने हो कि भन्ने कुराले यात्रा भर सताई रहन्छ। म दिनको २:३० बजे कटिहार आइपुगे। जब कटिहार नजिक आइपुग्न लग्यो मलाई झन्-झन् तनाब हुन लग्यो किनभने हामीलाई जोगवनी पुग्नु पर्ने हो जुन कटिहार बाट १०९ कि.मि. टाडा छ। कटिहार बाट जोगवनीको लागि टाईम-टाईममा पेसेन्जर रेल जान्छ। यदि हामी दिनको २:५५ भन्दा अलिकति पनि ढिला भएको भए हामीलाई जोगवनी पुग्नु गारो हुनेथियो। धन्न समयमै पुगियो, ठाक्य रेल भेटियो ढुक्क भयो। तिन घण्टाको यात्रा पछि ...
म सानो छदा फुटवल खेल्ने गर्थ्ये, राम्रो पनि खेल्थे होला तर समय संग-संगै फुटवल म बाट टाडा भयो। आजकल म फुटबल हेर्ने मात्र गर्छु। आफ्नो देशको खेल हुदा आफ्नो देशलाई समर्थन गर्छु, नत्र प्राय स्पेनिस क्लब बार्सिलोना लाइ। मलाई बार्सिलोनाको खेल एक्दमै मन पर्ने हुनाले प्राय बार्साको गेम हेर्न छुटाउदिन। जतिनै राति होस् मलाई गेम हेर्ने केहिले पनि रोक्दैन। मे २१ २०१७, आज ला लिगामा बार्सिलोनाको लागि यो सिजनको अन्तिम खेल हुदैछ। बार्सिलोनाको अन्तिम खेल भए पनि अहिले सम्म बिजेता को हुने भने टुङ्गो भएको छैन। रियल मेड्रिड ९० अंक सहित अंक तालिकाको पहिलो नम्बरमा छ भने बार्सिलोना ८७ अंक सहित तालिकाको दाश्रो नम्बरमा छ। दुबै टिमले एक खेल खेल्न बाँकी छ। आज दुबै टिमको खेल एकै समयमा परेको छ। अहिले रातिको ११:४५ बाट खेल सुरु हने छ। बार्सिलोनाले इड्बर संग भिडदै छ भने रियल मेड्रिड ले मलागको सामना गर्दै छ। बार्साले ला लिगा जित्न आजको खेल जित्नै पर्ने हुन्छ भने रियलले हार्नु पर्ने हुन्छ। बिस्वास राखौ रियलले गेम हर्ने छ र बार्सिलोनाले ला लिगा उचाल्ने छ। अन्तत (खेल सकिएपछि): रियल मेड्रिडले ला लिगा ...