नमस्कार !
हेर्दा-हेर्दै दुई बर्ष पुग्न लागेछ आफ्नो घर छाडेर चंदिगढ़ आएको। अहिले चौथों सेमेस्टरको अन्तिम परिक्षा चलिरहेको छ। अब एक दुईवाट विषयको परिकक्षा सकिन मात्र बाकी छ। म अहिले सम्म होस्टेलमा बस्दै आएको तर अब होस्टेल छाड्ने निर्णय गरे परिक्षा सकिए लगतै मैले होस्टेलबाट समान सर्दैछु। बाहिर कोठाको व्यवस्थ भइसकेको छ। कोठामा तिन जान बस्ने सल्हा भएको छ। जसमा म, रिजन कार्की र सागर खत्री। पहिले हामी होस्टलमा संगै बसको हुनाले हाम्रो दोस्ती राम्रो छ। रिजन होटेल व्यस्थपन बिषयको दोश्रो बर्षमा पढ्छन् भने सागर डिप्लोमा गर्दे छन्।
देशमा स्थानीय निर्वाचन चलिरहेको माहोल छ। पहिलो चरणको निर्वाचन सम्पन भैसकेको छ। रिजल्ट धमाधम आउदैछ। ताजा आवस्थामा एमाले र कांग्रेसले १०० वोटा प्रमुख पदमा विजय हासिल गरि सकेका छन्।
Comments
Post a Comment