म सानो छदा फुटवल खेल्ने गर्थ्ये, राम्रो पनि खेल्थे होला तर समय संग-संगै फुटवल म बाट टाडा भयो। आजकल म फुटबल हेर्ने मात्र गर्छु। आफ्नो देशको खेल हुदा आफ्नो देशलाई समर्थन गर्छु, नत्र प्राय स्पेनिस क्लब बार्सिलोना लाइ। मलाई बार्सिलोनाको खेल एक्दमै मन पर्ने हुनाले प्राय बार्साको गेम हेर्न छुटाउदिन। जतिनै राति होस् मलाई गेम हेर्ने केहिले पनि रोक्दैन।
मे २१ २०१७, आज ला लिगामा बार्सिलोनाको लागि यो सिजनको अन्तिम खेल हुदैछ। बार्सिलोनाको अन्तिम खेल भए पनि अहिले सम्म बिजेता को हुने भने टुङ्गो भएको छैन। रियल मेड्रिड ९० अंक सहित अंक तालिकाको पहिलो नम्बरमा छ भने बार्सिलोना ८७ अंक सहित तालिकाको दाश्रो नम्बरमा छ। दुबै टिमले एक खेल खेल्न बाँकी छ।
आज दुबै टिमको खेल एकै समयमा परेको छ। अहिले रातिको ११:४५ बाट खेल सुरु हने छ। बार्सिलोनाले इड्बर संग भिडदै छ भने रियल मेड्रिड ले मलागको सामना गर्दै छ। बार्साले ला लिगा जित्न आजको खेल जित्नै पर्ने हुन्छ भने रियलले हार्नु पर्ने हुन्छ। बिस्वास राखौ रियलले गेम हर्ने छ र बार्सिलोनाले ला लिगा उचाल्ने छ।
अन्तत (खेल सकिएपछि): रियल मेड्रिडले ला लिगा सिजन २०१६/१७को उपाधि जीत्न सफल भयो।

Comments
Post a Comment