Skip to main content

पहिलो पोस्ट

नमस्कार साथीहरु !

आजबाट म यस ब्लगको माध्यमबाट आफ्ना कुराहरुलाई तपाईहरु माझ राख्न चाहन्छु। मलाई सधैं केहिनकेहि लेखुँ भन्ने लाग्छ तर के बारेमा लेख्ने हो मेसो पाउदिन, त्यो भएकोले अब बाट यहाँ सधैं आफ्नो मनमा उब्झिएका आफुलाई लेख्न मन लागेका कुराहरुलाई समेट्ने छु। विश्वास छ हजुर हरुले पढ्नु हुने छ।

परिचय

मेरो नाम अस्मिन भुजेल हो। अहिलेमा कम्पुटर इन्जिनियरिग दोस्रो बर्समा अध्यनरत छु। मेरो घर विराटनगर हो तर हाल अध्यनको सिलसिलामा भारतको चंदिगढ़मा विगत दुई बर्षबाट रहदै छु। म सहयोगी भावनाको मान्छे भएकोले म बाट हुनसक्नेछ सहयोग गर्नेछु। मलाई बिभिन्न ठाउँहरु घुम्नमन पर्छ र बिदाको समयमा जाने पनि गर्छु तर चंदिगढ़ आई कन भने सिमला मात्र घुने मौका पाए। हाहा केहि छैन पछि पैसा कमाएर मजाले घुम्ने सेक्रेट प्लान छ।😂

Comments

  1. casino.nodeposit.org.uk (2020) | DMC
    Welcome 하남 출장샵 to Casino.nodeposit.org.uk, the 안양 출장마사지 home of online 동해 출장안마 slots and casino games. 평택 출장샵 Experience the latest and greatest casino bonuses and 목포 출장안마 free spins here.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ला लिगा २०१६/१७ सिजनको अन्तिम खेल

म सानो छदा फुटवल खेल्ने गर्थ्ये, राम्रो पनि खेल्थे होला तर समय संग-संगै फुटवल म बाट टाडा भयो। आजकल म फुटबल हेर्ने मात्र गर्छु। आफ्नो देशको खेल हुदा आफ्नो देशलाई समर्थन गर्छु, नत्र प्राय स्पेनिस क्लब बार्सिलोना लाइ। मलाई बार्सिलोनाको खेल एक्दमै मन पर्ने हुनाले प्राय बार्साको गेम हेर्न छुटाउदिन। जतिनै राति होस् मलाई गेम हेर्ने केहिले पनि रोक्दैन। मे २१ २०१७, आज ला लिगामा बार्सिलोनाको लागि यो सिजनको अन्तिम खेल हुदैछ। बार्सिलोनाको अन्तिम खेल भए पनि अहिले सम्म बिजेता को हुने भने टुङ्गो भएको छैन। रियल मेड्रिड ९० अंक सहित अंक तालिकाको पहिलो नम्बरमा छ भने बार्सिलोना ८७ अंक सहित तालिकाको दाश्रो नम्बरमा छ। दुबै टिमले एक खेल खेल्न बाँकी छ। आज दुबै टिमको खेल एकै समयमा परेको छ। अहिले रातिको ११:४५ बाट खेल सुरु हने छ। बार्सिलोनाले इड्बर संग भिडदै छ भने रियल मेड्रिड ले मलागको सामना गर्दै छ। बार्साले ला लिगा जित्न आजको खेल जित्नै  पर्ने हुन्छ भने रियलले हार्नु पर्ने हुन्छ। बिस्वास राखौ रियलले गेम हर्ने छ र बार्सिलोनाले ला लिगा उचाल्ने छ। अन्तत (खेल  सकिएपछि): रियल मेड्रिडले ला लिगा ...

चौथों सेमिस्टरको अन्तिम-अन्तिममा

नमस्कार ! हेर्दा-हेर्दै दुई बर्ष पुग्न लागेछ आफ्नो घर छाडेर चंदिगढ़ आएको। अहिले चौथों सेमेस्टरको अन्तिम परिक्षा चलिरहेको छ। अब एक दुईवाट विषयको परिकक्षा सकिन मात्र बाकी छ। म अहिले सम्म होस्टेलमा बस्दै आएको तर अब होस्टेल छाड्ने निर्णय गरे परिक्षा सकिए लगतै मैले होस्टेलबाट समान सर्दैछु। बाहिर कोठाको व्यवस्थ भइसकेको छ। कोठामा तिन जान बस्ने सल्हा भएको छ। जसमा म, रिजन कार्की र सागर खत्री। पहिले हामी होस्टलमा संगै बसको हुनाले हाम्रो दोस्ती राम्रो छ। रिजन होटेल व्यस्थपन बिषयको दोश्रो बर्षमा पढ्छन् भने सागर डिप्लोमा गर्दे छन्।         देशमा स्थानीय  निर्वाचन चलिरहेको माहोल छ। पहिलो चरणको निर्वाचन सम्पन भैसकेको छ। रिजल्ट धमाधम आउदैछ। ताजा आवस्थामा एमाले र कांग्रेसले १०० वोटा प्रमुख पदमा विजय हासिल गरि सकेका छन्।